बालमैत्री बन्दै सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका

राम्रो पालिका संवाददाता 56

सन्तोष राउत
सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका दुई वर्षभित्र बालमैत्री स्थानीय तह घोषणा हुने भएको छ । त्यसका लागि कोशी प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा बालमैत्री स्थानीय शासन, अपाङ्गता र ज्येष्ठ नागरिक मैत्री, सुरक्षित कार्यस्थल र सेवाप्रवाहसम्बन्धी तीन दिने क्षमता विकास कार्यक्रम गरिएको छ ।

नगरपालिका जनप्रतिनिधिहरू, विषयगत शाखाका प्रमुख तथा स्थानीयस्तरका सरोकारवालाहरूको सहभागितामा भएको कार्यक्रममा बालमैत्री शासन विधि तथा विकास निर्माणलगायतका विषयमा छलफल भएको छ ।

नगरपालिकाभरी हुने शासकीय क्रियाकलापमा बालमैत्री व्यवहार र बाल सहभागिताको सुनिश्चितता गर्ने उद्देश्यले बालमैत्री स्थानीय तह घोषणा गर्न लागिएको कोशी प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका उपसचिव पूर्णबहादुर थापाले बताउनुभयो ।

प्रदेशको यस कार्यक्रमले बालमैत्री स्थानीय तह बनाउन आवश्यक मापदण्ड तथा स्थानीय तहको भूमिकाका बारेमा जानकारी भएकाले नगरपालिकालाई दुई वर्षभित्र बालमैत्री बनाउन प्रतिबद्ध रहेको नगरप्रवक्ता फुर्वाग्याल्जेन शेर्पाले बताउनुभयो ।गोरखापत्र अनलाईन

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *