बालेनलाई अमरेश कुमारको च्यालेन्ज : गरिबमाथि होइन, सक्छौ भने सिंहदरबारमा डोजर चलाऊ

राम्रो पालिका संवाददाता 84

काठमाडौँ। स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)को शैली जर्मनका तानशाह हिटलरकोजस्तो भएको आरोप लगाएका छन् । उनले नाजीवादी शासनको परिकल्पना नगर्न बालेनलाई चुनौती दिए ।

सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसद सिंहले कवाड व्यवसायीमाथि डोजर चलाएर काठमाडौंका मेयरले हिटलरको शैली अपनाएको आरोप लगाएका हुन् ।

संघीय राजधानी सबै जातजाति, भाषाभाषीको भएकोले बालेनले अत्याचार गर्न नपाउने उनले बताए ।

‘काठमाडौंको मेयर कुन तानाशाह भएर निस्केको छ ? नाजीवाद र फासीवादको शुरू हुन लागेको हो ?’ सांसद सिंहले भने, ‘हिम्मत छ भने संसद् भवन र सिंहदरबारमा डोजर चलाएर देखाउ, गरिबमाथि होइन ।’

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *