बिद्यालय भएपनि शिक्षक नहुँदा टाढाको विद्यालय धाउन बाध्य धनुषाका बालबालिका
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (0.57546294, 0.5186457);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: auto;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 30;
विजयकुमार साह
ढल्केबर । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९, हथराटोलमा विद्यालय भवन निर्माण भएको दुई वर्ष भयो । गाउँका बालबालिकालाई टाढाको विद्यालय धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले निर्माण गरिएको सो विद्यालय भवन पठनपाठन सुरु हुन सकेको छैन । शिक्षक तथा कर्मचारी व्यवस्थापन हुनसक्दा पठनपाठन सुरु हुन नसकेको स्थानीयको भनाइ छ ।
विद्यालय निर्माण भए पनि शिक्षकको अभावका कारण सञ्चालन हुन नसक्दा गाउँका कतिपय बालबालिका शिक्षाबाट वञ्चित छन् भने पढ्नका लागि तीन किलोमिटर टाढाको विद्यालय जान बाध्य छन् । गाउँमै सामुदायिक विद्यालय सञ्चालन नहुँदा गरिब तथा अल्पसङ्ख्यक मुखिया समुदायका बालबालिका शिक्षाको आधारभूत अधिकारबाट वञ्चित भएका हुन् ।
नगरपालिकाको सदरमुकाम महेन्द्रनगरबाट ७ किलोमिटर पूर्वमा रहेको यो बस्तीमा २०५० सालमा स्थापना गरिएको सामुदायिक विद्यालय १२ वर्षअघि बन्द भयो । त्यसपछि यहाँका बालबालिकालाई पढ्नका लागि गाउँ बाहिर जानुपर्ने बाध्यता छ ।
स्थानीय बजरङ्गी मुखियाले गाउँमा विद्यालयको अभावले गर्दा बालबालिकालाई पढ्नका लागि टाढाको विद्यालय पठाउनुपर्ने बाध्यता रहेको बताउनुभयो ।
अर्का स्थानीय रञ्जित कुर्मीले शिक्षक अभावका कारण विद्यालय सञ्चालन नहुनु टोलका बालबालिकाको भविष्य अन्धकार बनाउने अवस्था सिर्जना भएको बताउनुभयो ।
वडाध्यक्ष अवधकिशोर यादवले विद्यालय सञ्चालनका लागि प्रयासरत रहेको बताउनुभयो । उहाँले आफू निर्वाचित भएदेखि नै यो विषयलाई प्राथमिकतामा राखेको दाबी गर्नुभयो ।
वडाध्यक्ष यादवले बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न सरोकारवालासँग समन्वय गरेर समस्या समाधान गर्ने बताउनुभयो । उहाँले नगरपालिकाको सहयोग पाउन सके छिट्टै विद्यालय सञ्चालनमा ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख दीपक खत्रीका अनुसार सो ठाउँमा पहिले विद्यालय सञ्चालनमा रहेको भए पनि दर्ता खारेज भएपछि समस्या भएको हो । स्थानीय सरकारले यथाशीघ्र शिक्षक तथा कर्मचारी व्यवस्थापन गरेर यो विद्यालय सञ्चालनमा ल्याउनुपर्ने स्थानीयको भनाइ छ ।







प्रतिक्रिया (0)