मिथिला बिहारीमा घरदैलो स्वास्थ्य परीक्षण अभियान

राम्रो पालिका संवाददाता 84

विजयकुमार साह

ढल्केबर। धनुषाको मिथिला बिहारी नगरपालिका–१०, का वडाध्यक्ष ललितनारायण झाले आफ्ना वडावासीको स्वास्थ्यलाई प्राथमिकता दिँदै घरदैलो स्वास्थ्य परीक्षण अभियान सुरु गर्नुभएको छ । सोमबारदेखि सुरु भएको यो अभियान चार दिनसम्म सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडावासीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सुरु गरिएको घरदैलो स्वास्थ्य परीक्षण अभियान अन्तर्गत उच्च रक्तचाप, शरीरको तापक्रम तथा अक्सिजनको स्तर जाँच गर्ने व्यवस्था मिलाइएको छ । यो अभियान विशेषगरी ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा अन्य सर्वसाधारणका लागि उपयोगी हुने विश्वास लिइएको उहाँको भनाइ छ।

घरदैलो स्वास्थ्य परीक्षण अभियानले विभिन्न कारणले स्वास्थ्य चौकीमा पुग्न नसकेका बिरामी लाभान्वित भएको बताउँदै वडाध्यक्ष झाले चैत २२ गते ठेरा बजारस्थित स्वास्थ्य चौकीमा स्त्री तथा प्रसूति, आँखा र दाँतसम्बन्धी रोगको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने जानकारी दिनुभयो ।

स्वास्थ्य नै सम्पत्ति भएकाले यसको नियमित परीक्षण अपरिहार्य रहेको भन्दै उहाँले सम्पूर्ण वडावासीलाई यो अभियानबाट लाभ उठाउन अनुरोध गर्नुभयो । स्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको यो अभियानले स्थानीयवासीलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने विश्वास लिइएको उहाँको भनाइ छ । गोरखापत्र अनलाईन

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *