व्यास नगरपालिकाको बिपी वाटिकामा कभर्डहल निर्माण
दमौली । व्यास नगरपालिका–३ स्थित बिपी वाटिकामा ९६ लाख ६३ हजार सात सय ४७ रुपैयाँको लागतमा कभर्डहल निर्माण भएको छ । कभर्डहल व्यास नगर ब्याडमिन्टन क्लबले निर्माण गरेको हो ।
कभर्डहल निर्माणका लागि व्यास नगरपालिकाले ८७ लाख ८५ हजार दुई सय ३४ रुपैयाँ प्रदान गरेको थियो । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जग्गामा कभर्ड हल निर्माण भएको हो ।
क्लबले जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता पनि सञ्चालन गर्दै आएको छ । कभर्डहलको मङ्गलबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गरे।







प्रतिक्रिया (0)