शीत भण्डार निर्माण गर्दै बाजुराका स्थानीय तह

राम्रो पालिका संवाददाता 56

शेरबहादुर सार्की

बाजुरा। बाजुराका अधिकाशं स्थानीय तह पछिल्लो समय धमाधम शित भण्डार निर्माण गर्न थालेका छन्। पालिकामा उत्पादन हुने गरेका फलफूल तथा तरकारी वस्तुलाई स्टोर गर्न सहज हुने गरी पछिल्लो समय यहाँका स्थानीय तह धमाधम शीत भण्डार निर्माण गर्न थालेका हुन्।

यहाँका हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा र बडिमालिका नगरपालिकामा ४ वटा ठुला र स्वामिकार्तिक गाउँपालिकामा १४ वटा साना शीतल भण्डार निर्माण भइरहेका छन्।

हिमालीमा दुई करोड, बुढीन्दामा सत्तरी लाख जगनाथ ५३ लाख, बडिमालिका नगरपालिकामा ४१ लाख ९६ हजार ६४५ र स्वाकिार्तिक ६५ लाख गरी चार करोड १९ लाख ६ हजार ८३३ रुपियाँका चार ठुला र १४ वटा साना शितल भण्डार निर्माण भइरहेका यहाँका पालिकाले जनाएका छन्।

गाउँमा किसानले उत्पादन गरिएका स्याउ सुन्तला तथा तरकारी वस्तुलाई सुरक्षित राख्ने गरी धुलाचौरमा दुई करोडको लागतमा एक शितलभण्डार निर्माण गरिएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “यहाँ थ्री फेजको लाइन छ। परीक्षणका लागि त्यो लाइन जोड्दा त्यसले काम नगरेपछि अहिले फेरि त्यसका लागि आवश्यक पर्ने विद्युत् व्यवस्थापन गर्ने काम भइरहेको छ।”

विद्युत व्यवस्थापन गर्ने बित्तिकै यसलाई सञ्चालनमा ल्याउने योजना गरेको हिमाली गाउँपालिका अध्यक्ष मल्लले बताउनुभयो।

स्वामिकार्तिक खापर गाउँपालिकामा विशेष गरेर स्याउँ र आलु प्याज जम्मा गर्ने उद्देश्यले चार लाख बराबरका १४ वटा ससाना शीतल भण्डार निर्माण कार्य भइरहेको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो।

जगनाथ गाउँपालिकामा पछिल्लो समय स्याउँ राम्रो उत्पादन हुने गर्दछ। गाउँमा यसरी उत्पादन भएको स्याउँलाई जम्मा गर्ने गरी ५३ लाखको लागतमा एक शिलत भण्डार निर्माण गर्ने काम भइरहेको जगनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्रबहादुर शाहीले बताउनुभयो।

त्यसै गरी बुढीनन्दा नगरपालिकाको पाण्डुसैनमा पनि स्याउँ खेती राम्रो हुने गरेको त्यसलाई स्ट्रोरेज गर्नका लागि झण्डै ७० लाखको शितल भण्डार निर्माण गर्ने काम भइरहेको बढीनन्दा नगरपालिकाले जनाएको छ।

बाजुराका बुढीगङ्गा गौमुल र त्रिवेणीमा भने शीतल भण्डार भएका छैन। यता छेडेदह गाउँपालिकाले केही ठाउँमा यहाँका स्थानीयले यहाँ उत्पादन गरेका आलुलाई जम्मा गर्ने गरी गोदाम बनाएको छेडेदह गाउँपालिका उपाअध्यक्ष बीसु नाथले बताउनुभयो।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *