काठमाडौं महानगरपालिकामा प्रमूख प्रशासकीय विवाद तत्काल समाधान गर्नु आवश्यक, शिक्षक र कर्मचारीको तलब रोकियो

राम्रो पालिका संवाददाता 55

काठमाडौं । काठमाडौं महानगरपालिकाका ३ हजार ५ सय जनाभन्दा धेरै कर्मचारी र ठूलो सङ्ख्याको शिक्षकको तलब मङ्सिर महिनायता रोकिएको छ ।

पुस दोस्रो हप्तादेखि प्रमुख प्रशासकीय अधिकृत बिदामा बसेका कारण तलब–भत्तालगायत ७० करोड रुपैयाँ बराबरको भुक्तानी रोकिएको मेयर बालेन्द्र शाहको सचिवालयले जनाएको छ ।

पुरानो बसपार्क क्षेत्रमा निर्माण भइरहेको भ्यु टावरको नक्शा स्वीकृतिको विषयमा महानगरपालिकाले अनुसन्धान शुरू गरेपछि सहसचिव तहका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बिदामा बसेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

सङ्घीय सरकारले अर्को कार्यकारी अधिकृत नपठाउनुका साथै महानगरका वरिष्ठ अधिकृतलाई आर्थिक अधिकारसमेत नदिँदा समस्या आएको सचिवालयको दाबी छ । यही विषयमा मेयर शाहले शुक्रवार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै फेसकुबमा स्टाटस लेखेका थिए ।

मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतमाथि छानबिन गर्न बनेको समितिको प्रतिवेदन पठाउन महानगरलाई पत्र पठाएको र प्रतिवेदन प्राप्त भएपछि निर्णय गर्ने जनाएको छ । नेपाल सरकारका पूर्वसचिव शङ्कर पाण्डेको नेतृत्वमा रहेको समितिले प्रतिवेदन बुझाएको छैन ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *