स्याङ्जामा पालिकास्तरीय क्रिकेट प्रतियोगिता हुदैं

राम्रो पालिका संवाददाता 37

राधाकृष्ण डुम्रे

स्याङ्जा । स्याङ्जामा पालिकास्तरीय टी–१५ पुरुष क्रिकेट प्रतियोगिता हुने भएको छ । चापाकोटस्थित गङ्गालाल मावि खेलमैदानमा हुने प्रतियोगितामा विभिन्न जिल्लाका पालिकाहरूको सहभागितामा रहने छ ।

चापाकोट नगर क्रिकेट सङ्घको आयोजनामा हुन लागेको प्रतियोगितामा २० भन्दा धेरै पालिकाहरूको सहभागिता रहने अध्यक्ष प्रेमनारायण रेग्मीले जानकारी दिनुभयो ।

क्रिकेट क्षेत्रको विकाससँगै खेलाडीहरूको क्षमता विकासका लागि प्रतियोगिता गर्न लागिएको हो । नकआउट प्रणालीअनुसार खेलाइने खेल १५ ओभरको हुने र टेनिस बलद्वारा खेलाइने रेग्मीको भनाइ छ ।

प्रतियोगितामा प्रथम हुने टिमले पचास हजार रुपियाँ र द्वितीय हुने टिमले तीस हजार रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र पाउनेछन् भने म्यान अफ दी म्याच सहित विभिन्न विधामा पुरस्कार वितरण गरिने सङ्घले जनाएको छ ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *