आज देशका केहि ठाउँमा बर्षाको संभावना
काठमाडौं, भाद्र-१९ बंगालको खाडिको उत्तर-पश्चिम भागमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभावका कारण हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रभावका कारण पनि देशभरको मौसममा आंशिक बदली जारि रहनेछ।
आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरु तथा बाकी प्रदेशका थोरै स्थानहरुमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।







प्रतिक्रिया (0)