स्थानीय तह उपनिर्वाचन मंसिर १६: उम्मेदवारी दर्ता आज

राम्रो पालिका 101

काठमाडौं, २ मंसिर २०८१, आईतवार। मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका लागि आजको समय तोकेको हो ।

आयोगले आज बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको जनाएको छ ।

त्यसैगरी ३ मंसिरमा उम्मेदवारको विरोधमा उजुरी दिने सकिनेछ भने ४ गते बेलुकाम्म उजुरी उपर जाँचबुझ गरी निर्णय दिनुपर्नेछ । त्यस्तै ५ मंसिरको दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् ।

त्यसपछि त्यसै दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ र निर्वाचन चिह्न पनि त्यसै दिन दिइनेछ । १६ गते बिहान ७ देखि ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।

#उपनिर्वाचन

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *