बन्दाको खेती: नेपालमा मौसमी र वैमौसमी बन्दा उत्पादनको वृद्धि
काठमाडौं । बन्दा, जसलाई कोपी पनि भनिन्छ, नेपालका तराई र मध्य पहाडी क्षेत्रमा हिउँदको समयमा र उच्च पहाडी क्षेत्रमा वर्षायाममा लोकप्रिय तरकारीवाली हो। विशेष गरी, गर्मी समयमा, असारदेखि कात्तिकसम्म उत्पादन गरिने बन्दा वैमौसमी खेतीमा गणना गरिन्छ भने, कातिकपछि जेठसम्म उत्पादन हुने बन्दा मौसमी खेतीको हिस्सा हो।
बन्दाको खेतीले शारीरिक स्वास्थ्यमा महत्वपूर्ण योगदान पुर्याउँछ। यसको नियमित सेवनले पेटको अल्सर र क्यान्सरको जोखिम कम गर्न मद्दत पुर्याउँछ। यसमा रहेका डिनडली मिथेन, सिनिग्रिन, ल्युपेल, सल्फोरेन जस्ता तत्वहरूले क्यान्सरको रोकथाममा भूमिका खेल्छ। यसका अतिरिक्त, बन्दा वजन घटाउन र छालाको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ। कब्जियतको समस्यामा राहत दिने र सुन्दरतामा मद्दत गर्ने कारण यसलाई अति उपयोगी मानिन्छ।
नेपालमा प्रचलित बन्दा जातहरुमा गोल्डेन एकड, प्राईड अफ इन्डिया, कोपन हेगन मार्केट जस्ता अगौटे जात र लेटलार्ज ड्रमहेड जस्ता पछौटे जात प्रमुख छन्। बन्दा खेतीको लागि ठण्डा हावापानी आवश्यक पर्दछ, र यसको उत्पादनको लागि १५–२० डिग्री सेल्सियस तापक्रम उपयुक्त मानिन्छ।
बन्दा खेतीमा उपयुक्त माटो भनेको दोमट र वलौटे माटो हो, जसको पीएच मान ५.५ देखि ६.५ सम्म हुनुपर्छ। माटोमा प्रशस्त प्राङ्गारिक पदार्थको मात्रा हुनु आवश्यक छ र मलखादको व्यवस्थापनमा १००० केजी गोबर मल, १२ केजी नाइट्रोजन, ९ केजी फस्फोरस र ४ केजी पोटास मल प्रति रोपनी दिनुपर्छ।
बन्दा खेतीका लागि सिचाई व्यवस्थापनमा पनि ध्यान दिनु आवश्यक छ। विशेष गरी, गोडमेल पछि माटो सुख्खा हुने हुँदा ५–६ पटकसम्म सिचाई गर्नुपर्छ। साथै, कीराका प्रकोपहरूलाई व्यवस्थापन गर्न नीम, गहुँत, असुरो जस्ता प्राकृतिक सामाग्री प्रयोग गर्न सकिन्छ।
बन्दाको डल्ला (Head) फाट्नबाट बच्नका लागि, बन्दा टिप्ने समयलाई ध्यानमा राख्नु आवश्यक छ। वढी पानीको प्रवाह वा उच्च तापक्रमले डल्ला फाट्न सक्छ, त्यसैले समयमा टिप्न र उचित सिचाई गर्नुपर्ने हुन्छ।
नेपालमा बन्दा खेतीको क्रम बढ्दै गएको छ र यसले कृषकहरुलाई राम्रो आम्दानीको अवसर प्रदान गरेको छ। बन्दा उत्पादन बढाउँदा, यसले नेपालको कृषि क्षेत्रमा नयाँ उत्साह र सकारात्मक प्रभाव ल्याउने आशा गरिएको छ।
१. बन्दा कोपी खेतीको लागि कस्तो हावापानी उपयुक्त हुन्छ ?
बन्दा हिउँदे तरकारी वाली हो । यसलाई ठण्डा हावापानीको जरुरत पर्दछ । यसको खेती १५–२० डि.से. तापक्रम राम्रो हुन्छ तर जापानीज हाईव्रीड जातहरु २५–३० डि.से. तापक्रम पनि राम्रो फष्टाउदछन् ।
२. बन्दा खेतीको लागि कस्तो माटो उपयुक्त हुन्छ ?
प्राङ्गारिक पदार्थको मात्रा प्रशस्तभएको जुनसुकै माटोमा यहाँको खेती गर्न सकिन्छ । माटोको पि.एच.मान ५.५ देखि ६–५ सम्म भएको दोमट, वलौटे र पाङ्गो सवभन्दा राम्रो हुन्छ ।
३. बन्दा खेतीमा मलखाद व्यवस्थापन कसरी गरिन्छ ?
बन्दा पनि राम्रो खाद्य तत्वहरु समावेश भएको माटोमा मात्र राम्रो उत्पादन लिन सकिन्छ । प्रति रोपनी १००० के.जी. गोबर+कम्पोष्ट मल, १२ के.जी. नाइट्रोजन, ९ के.जी. फस्फोरस तथा ४ के.जी. पोटास मल दिनु पर्दछ ।
४. नेपालमा पाइने बन्दाका अगौटे जातहरु कुन कुन हुन् ?
नेपालमा प्रचलित बन्दाका अगौटे जातहरुमा, गोल्डेन एकड, प्राईड अफ इन्डिया, कोपन हेगन मार्केट आदि हुन् ।
५ बन्दाका पछौटे जातहरु कुन–कुन हुन् ?
बन्दाको पछौटे जातमा लेटलार्ज ड्रमहेड मूख्य हो । के.के. क्रस जात भने अगौटे मध्यम तथा पछौटे जातको रुपमा पनि लगाउन सकिन्छ ।
६ के.के. क्रस जातको बन्दामा विशेष कस्ता गुणहरु विद्यमान छन् ?
के.के. क्रस जात ठूलो डल्ला (Head) हुने जात हो । यसको विशेषता भनेको वेमौसममा पनि राम्रो उत्पादन लिन सकिन्छ ।
७. कोपनहेगन मार्केट जात नेपालको कुन क्षेत्रलाई सिफारीस गरिएको छ ?
कोपनहेगन मार्केट जात नेपालको तराई, भित्रि मधेश तथा मध्य पहाडको लागि सिफारिस गरिएको जात हो र यो जात नेपालमा शुरु देखि नै खेती गरिएको जात हो ।
८. बन्दाको वेर्ना कसरी उत्पादन गरिन्छ ?
बन्दाका वेर्ना तयार गर्न सर्वप्रथम प्राँगारिक पदार्थ प्रशस्त भएको वलौटे दोमट माटो छनौट गर्नु पर्दछ । त्यसलाई राम्ररी माटोवाट उत्पन्न हुने रोग कीरा रोकथाम गर्न सोलराईजेशन प्रविधि अपनाई उठेको वेडमा वीउ छर्नु पर्दछ र छापो दिई वीउ उमे्रपछि छापो हटाई दिनु पर्दछ ।
९. उन्नत जात र वर्णशंकर जातमा प्रति इकाई जमीनमा वीउ दर कति कति लाग्दछ ?
बन्दाको वीउ सानो साइजको हुन्छ र उन्नत जातको ३०–४० ग्राम प्रति रोपनी तथा वर्णशंकर जातको वीउ १५–२० ग्राम प्रति रोपनी भए पुग्दछ । वाली लगाउन भन्दा अगाडी लगाएको गोवर मल र मुख्य तत्वहरुले मात्र राम्रो उत्पादन लिन गाह्रो हुने हुँदा वेर्ना सारेको ३ हप्तापछि मल्टिप्लेक्स, मिराकुलन जस्ता सुक्ष्म तत्वहरु भिटामीन समावेश भएका औषधिहरु २ मि.लि.प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ ।
१०. बन्दामा गोडमेलको व्यवस्था कसरी गरिन्छ ?
बन्दाको खेती गरिएको जग्गामा झारपात नआओस र माटो हलुका होस भन्ने हेतुले वाली अवधिमा ३–४ पटक गोडमेल गर्नु पर्दछ । गोडमेल गर्दा अन्य वालीमा जस्तो गहिरो खन्नु भने पर्दैन।
११. बन्दा खेतीमा सिचाई व्यवस्थापन कसरी गरिन्छ ?
गोडमेल पछि माटो सुख्खा हुने हुँदा वाली अवधि भरमा ५–६ पटक सम्म सिचाईको आवश्यकता पर्दछ । आजकाल थोपा सिंचाई प्रविधि प्रयोगमा आएको छ ।
१२. बन्दामा लाग्ने प्रमुख कीराहरु के के छन् ?
बन्दामा लाग्ने मुख्य कीराहरु बन्दाको पुतली, लाही, पतेरो, झुसिल कीरा आदि हुन् ।
१३. बन्दामा मात्र वढी असर पु¥याउने कीराहरु कुन कुन हुन् र यिनीहरु व्यवस्थापन कसरी गर्नु पर्दछ ?
बन्दा खेतीमा वढी देखा पर्ने कीराहरुमा बन्दाको पुतली र लाही कीरा नै हो । यिनीहरुको व्यवस्थापन सकेसम्म नीम, गहुँत, असुरो जस्ता सामाग्री मिसाई प्रयोग गरेर व्यवस्थापन गर्न सकिन्छ तर वढी आक्रमण भएको खण्डमा इन्डोसल्फान र नुभान वा रोगर जस्ता विषादीहरु २ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्कनु पर्दछ ।
१४. काउली समूह भन्दा अलग तरीकाले बन्दामा मात्र लाग्ने कुनै रोगहरु छन् ?
काउली समूहमा लाग्ने रोगहरु नै बन्दामा पनि देखापर्दछन् । तुलनात्मक रुपले हेर्दा काउलीमा भन्दा बन्दामा कम रोग लोगेको पाइन्छ ।
१५. बन्दामा पातको टुप्पा डढ्ने के कारणले हो र यसको रोकथाम गर्न के उपाय गर्नु पर्ला ?
बन्दाको पात अथवा हेडको माथिल्लो भाग डढे जस्तो देखिने मुख्य कारण वेलामा नटिपेर पनि हो । कहिले काही तापक्रम एक्कासी वृद्धि भएर कीराको प्रकोप वढी भएमा पनि यस्तो हुन्छ । अतः समयमा टिप्ने तथा वढ्ता गर्मी मौसममा पनि बन्दा सिधा घामबाट जोगाउनु पर्दछ ।
१६. बन्दाको पातको डाँढ कालो हुने कारण के हो र यसको व्यवस्थापन कसरी गरिन्छ ?
यो रोग जीवाणु (व्याक्टेरिया) वाट हुने रोग हो । शुरुमा पातको किनारामा आक्रमण हुन्छ रोगी कोष पहेलिने र यो क्रम पातको मध्य भागतिर वढ्दै जान्छ । पहेलिएका क्षेत्रका नसा तथा उपनसा काला भएर जान्छन् । यसको रोकथामको लागि एग्रोमाइसीन, स्ट्रेप्टोमाईसिनले वीउ र वेर्ना उपचार गर्न सकिन्छ ।
१७. बन्दाको डल्ला (Head) फाट्नवाट (Splitting) कसरी जोगाउन सकिन्छ ?
बन्दाको डल्ला (Head) फाट्नुको मूख्य कारण हेड वनिसकेपछि वढी मात्रामा तलवाट प्रवाह हुने पानीको प्रवाह (प्रेसर) ले गर्दा हो । यस्तो अवस्थावाट पार पाउनको लागि बन्दाको वोटको आधा भागका जरा काटि दिने र वोट एकातर्फ ढल्काई दिने गर्नु पर्दछ । यस्तो अवस्थामा छिटो काट्ने टिप्ने गर्नु पर्दछ ।
१८. कहिले काही बन्दामा डल्ला (Head) नलाग्ने हुन्छ रु यसको कारण के होला र यसको व्यवस्थापन कसरी गरिन्छ ?
कहिले काही बन्दाको डल्ला(Head)लाग्ने अवस्थामा आएपछि पनि हेड नलागेको उदाहरण पाईन्छ । यसको मूख्य कारण सिजन अनुसार ढिलो रोप्नको कारणले नै हो डल्ला (Head) नलाग्नुमा वढी तापक्रम सुख्खा र मलजल नपुग्नु पनि कारक तत्वको रुपमा रहेको हुन्छ ।
१९. बन्दामा लाग्ने पुतली कसरी नियन्त्रण गर्न सकिन्छ ?
बन्दामा पुतलीको श्रोत न्यूनिकरण गर्नको लागि बन्दाको खेत वारीमा वायो वाईट, वि.टी. डिटर्जेन्टको प्रयोग तथा लाभदायक कीराहरुको संरक्षण गरेर गर्न सकिन्छ ।
२०. बन्दा कस्तो अवस्थामा टिप्न उचित हुन्छ ?
बन्दा टिप्नेरकाट्ने अवस्था यसका जातहरु अगौटे, मध्यम या पछौटे हुन् त्यसमा भर पर्दछ तर जुनसुकै जात भएता पनि बन्दाको हेड (डल्ला) कडा हुँदै र वाहिरी पातहरु सुक्न नथालीकन टिप्नु पर्दछ ।
२१. बन्दा ढुवानी गर्दा के कस्ता विषयमा धयान पु¥याउनु जरुरी हुन्छ ?
बन्दा ढुवानी गर्दा काउली वा ब्रोकाउली ढुवानीमा जति सावधानी अपनाउनु पर्दैन तै पनि यसलाई चोट नलागोस भन्नका लागि काउलीका पात वा अन्य जंगली विरुवाहरुका पातहरु विच्छ्याई प्याकिङ्ग गरेको खण्डमा राम्रो हुन्छ ।







प्रतिक्रिया (0)