कुचो संघको तेस्रो साधारण सभा ललितपुरमा सम्पन्न
काठमाडौं । नेपाल कुचो संघको तेस्रो साधारण सभा शनिबार ललितपुरको गोदावरीमा सम्पन्न भएको छ ।संघका सभापति राजकुमार कार्कीको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि कृषि उद्योग केन्द्रका सभापति डीबी बस्नेतले कुचो संघले भविष्यमा उठाएका महत्त्वपूर्ण मुद्दामा सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज चापागाईं र नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय सदस्य टंक कट्टेलले कुचो संघले छोटो समयमै व्यवसायी र उद्यमीहरूको समस्यामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा सराहना गरे।
संघका अध्यक्ष कार्कीले आगामी संघको गतिविधिहरूको बारेमा जानकारी दिँदै छिट्टै संघको दोस्रो राष्ट्रिय अधिवेशन झापाको धुलाबारीमा आयोजना गर्ने योजना सार्वजनिक गरे ।
कार्यक्रमको अन्त्यमा वनभोज कार्यक्रमको आयोजना गरिएको थियो ।







प्रतिक्रिया (0)