त्रिभुवन विमानस्थलमा ४० प्रतिशतभन्दा बढी काम सम्पन्न :चैत १९ गतेदेखि राति बन्द नहुने

राम्रो पालिका संवाददाता 82

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातिको समयमा बन्द नहुने भएको छ ।

विमानस्थल चैत १९ गते रातिदेखि बन्द नहुने भएको हो । ट्याक्सी वे विस्तारका क्रममा बन्द गरिएको विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने भएको हो ।

विमानस्थलमा हाल भइरहेको काम सम्पन्न हुँदै गइरहेको छ भने विमानस्थल बन्द नै गरेर गर्नुपर्ने काम भने यही मार्च महिनाभित्रै सकिने भएको छ ।

विमानस्थल स्रोतका अनुसार बन्द गरेर गर्नुपर्ने काम ४० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेकाे छ । सबै काम पूरा हुन अझै एक-डेढ वर्ष लाग्ने जनाइएको छ ।

गत कात्तिक २३ देखि विमानस्थल दैनिक १० घण्टा बन्द हुँदै आएको थियाे भने गत माघ १९ देखि ८ घण्टा बन्द हुँदै आएकाे थियाे ।

यात्रु क्षमता बढाउनुका साथै अन्तर्राष्ट्रिय मापदण्डअनुसारको पूर्वाधार विस्तारको काम भइरहेको विमानस्थल स्रोतले जनाएकाे छ ।

३० प्रतिशत उडान कटाैती भएकाे आन्तरिक वायुसेवाको उडान पुन: रिसेड्युल हुने पनि जनाइएको छ ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *