काठमाडौं महानगरका कर्मचारीले ३ महिनादेखि बाँकी तलब पाए

राम्रो पालिका संवाददाता 39

काठमाडौं । प्रमुख प्रशासकीय अधिकृतको पुनरागमनसँगै काठमाडौं महानगरपालिकाका कर्मचारीले तलब पाएका छन् । कर्मचारीले ३ महिनादेखि बाँकी तलब पाएको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारी र जनप्रतिनिधिको तलब रोकिएको थियो । गत पुस ७ गतेदेखि बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बिहीबार कार्यालय हाजिर भएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई उपमेयर सुनिता डंगोलसहित जनप्रतिनिधिहरुले महानगरस्थित उनको कार्यकक्षमा मेयर बालेन्द्र शाहको विरोधका बाबजुद प्रवेश गराएका थिए ।

शुक्रबार कार्यालय पुगेलगत्तै उनले कर्मचारीको रोकिएको तलब निकाशा गर्ने फाइलमा तोक लगाएका थिए।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *