काठमाडौँ महानगरमा ट्वाइलेटजन्य फोहोर पानी प्रशोधन गर्न ट्रिटमेन्ट प्लान्टको स्थापना

राम्रो पालिका संवाददाता 101

काठमाडौँ। महानगरमा ट्वाइलेटजन्य फोहोर प्रशोधन गर्न नमुना ट्रिटमेन्ट प्लान्टको स्थापना
काठमाडौँ- काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयका शौचालयबाट उत्पादन हुने फोहोर पानी प्रशोधन गर्न ट्रिटमेन्ट प्लान्ट स्थापना गरिएको छ ।

दैनिक ५ हजार लिटर प्रशोधन क्षमताको ट्रिटमेन्ट प्लान्ट स्थापना गरिएको महानगरको वातावरण व्यवस्थापन विभागले जनाएको छ ।

विभागका अनुसार यो नमुना योजनाको रूपमा सञ्चालनमा ल्याइएको हो ।

बिजुलीबाट चल्ने यो प्रणालीमा एरोबिक र एनएरोबिक दुवै विधिबाट फोहोर पानी प्रशोधन हुन्छ । यसको लागत करिब २० लाख रुपैयाँ हो ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *