नक्सा डिजाइनमा प्राविधिक र परामर्शकर्ताहरुलाई उर्जा प्रभावकारी भवन डिजाइन सम्बन्धी प्राविधिक तालिम सम्पन्न (Energy Efficient Building Design)
गल्छी र गोसाइँकुण्ड गाउँपालिकामा कार्यरत इन्जिनियर र सुचिकृत भएका प्राविधिकहरु सहभागी
गल्छी र गोसाइँकुण्ड गाउँपालिकामा कार्यरत इन्जिनियर र सुचिकृत भएका प्राविधिकहरुका लागि बैशाख २१ गतेबाट २३ गते सम्म उर्जा प्रभावकारी भवन डिजाईन तालिम सम्पन्न गरिएको छ । उक्त तालिम गल्छी गाउँपालिका र BUILDING Energy Efficiency in Nepal (बिन)परियोजनाले आयोजन गरेको थियो ।

गल्छी गाउँपालिका क्षेत्रभित्र भवन निर्माण स्वीकृति प्रक्रियामा उर्जा प्रभावकारिता समेत कायम गरी पर्यावरणमैत्री भवन बनाउन इच्छुक घरधनीहरुलाई सहजीकरण गर्न तथा सबै सरकारी तथा सार्वजनिक प्रयोगको भवनहरुमा त्यस्तो प्रविधिको प्रयोगलाई अनिवार्य गरी उदाहरणको रुपमा स्थापित गर्न वाञ्छनीय भएकोले गल्छी गाउपालिकाले यो कार्यविधि पारित गरी लागू गरिएको हो।
उक्त कार्यविधि युरोपियन युनियनको आर्थिक सहयोगमा संचालित स्वीच एसिया कार्यक्रमको अन्तर्गत बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल (BEEN) परियोजनाको प्राविधिक सहयोगमा मस्यौदा तयार गरेर बिभिन्न चरणको छलफल पश्चात पारित भएको छ । उक्त कार्यबिधि कार्यान्वयन गरी अब बन्ने भवनहरुलाई उर्जा प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निभाउने प्राविधिकहरुको साथै पालिकामा सूचिकृत भएका परामर्शकर्ताहरुलाई BEEN परियोजना र नगरपालिकाको संयुक्त आयोजनामा ३ दिने तालिम मिति २०८२-०१-२१ देखि २०८२-०१-२३ मा सम्पन्न भएको छ।

भवन निर्माणमा ध्यान नपुर्याउदा बनाइएको भवन अस्वस्थ हुने गरेको तथ्यलाई मनन गर्दै नेपालको भौगोलिक संरचना र तापक्रम अनुरुप घरको डिजाईन गर्न तालिम अपरिहार्य भएको हो । घरमा बिभिन्न उपकरण बाहेकनै कसरी घरलाई उर्जा प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयमा नै तालिम केन्द्रित रहेको थियो । तापिय सुबिधा युक्त घर बनाउदा खर्चिलो हुने भ्रम रहेको बताउदै उर्जा प्रभावकारी भवन बनाउदा करिव ३५ प्रतिशत उर्जा खपतमा कमिहुने बताईएको छ ।भवन निर्माण गर्दा भवनको बाहिरी आवरण,ले आउट,प्रकृतिक भ्यान्टिलेटर,दिवा प्रकाश लगायतका बिषयलाई मध्यनजर गर्दै गारो,छानो,झ्यालहरुमा ध्यानदिनु पर्ने प्रशिक्षकहरुले बताए । घरमा प्रकाश ,हावा पास लगायतका तापिय सुबिधाका बिषयहरुमा बिभिन्न चरणमा कार्यहुने गरेको भएपनि डिजाईन बाटनै सुरु हुनुपर्नेमा उनीहरुको जोड थियो ।
BUILDING Energy Efficiency in Nepal (बिन)ले मार्च २०२२ देखि सुरु गरेको यस कार्यक्रममा बागमती,लुम्बिनी र गण्डकी प्रदेशका ६० वटा स्थानिय निकाय संलग्न रहेका छन । बिनले भवन निर्माण सम्बन्धी तालिम,दक्ष जनशक्ति उत्पादन,भवन निर्माणका लागि आवश्यक कर्जा समन्वयन,र नितिगत सुझाव दिदै आएको छ ।
कार्यक्रमका लागि European Union under SWITCH-Asia Grants Programme ले कोष सुनिशचीत गरेको हो भने ,University of Innsbruck,Austria मुख्य भुमिकामा रहेको छ ।उक्त कार्यक्रमहरु नेपालमा MinErgy Pvt. Ltd ले कार्यान्वयन गर्दै आएको छ ।







प्रतिक्रिया (0)