नागरिकता र परिचयपत्र बैतडीका पालिकामै

राम्रो पालिका संवाददाता 27

बैतडी। जिल्ला प्रशासन कार्यालय बैतडीले दुर्गमको गाउँपालिकामा पुगेर करिब पाँच सेवाग्राहीलाई नागरिकता र राष्ट्रिय परिचयपत्र वितरण गरेको छ । गाउँपालिकामै सेवा दिन जिल्ला प्रशासनको टोली वैशाख २७ देखि जेठ २ गतेसम्म सिगास गाउँपालिकाको केन्द्र गर्जेमा खटिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो ।

सो अवधिमा ३२७ जनाले राष्ट्रिय परिचयपत्र र १५७ जना ज्येष्ठ नागरिक र अशक्त व्यक्ति गरेर ४८४ जनाले सेवा पाएका छन् । सेवाका वरिपरि नागरिक होइन, नागरिकका वरिपरि सेवा पु¥याउने उद्देश्यले गाउँपालिकासँग समन्वय गरेर टोली खटिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो । गोरखापत्र अनलाईन

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *