अन्तिम चरणमा ललितपुरस्थित ग्वार्काे फ्लाइओभर

राम्रो पालिका संवाददाता 62
DCIM104MEDIADJI_0119.JPG

काठमाडौँ । ललितपुरस्थित ग्वार्काे चोकको फ्लाइओभर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । जेठभित्रै दुवैतर्फको र्‍याम्प (फ्लाइओभर र सडकलाई जोड्न बिचमा माटो भरेर निर्माण गरिएको संरचना)मा कालोपत्रे सकिनेपछि गाडी सञ्चालन गर्ने योजना गरिएको छ । फ्लाइओभरमा आकासेपानी व्यवस्थापनको संरचना, ट्राफिक लाइट जडान, पेन्टिङलगायतका काम भने असारभित्र सकिने छ ।

सडक विभागले इपिसी (इन्जिनियरिङ प्रोक्युअमन्ट एन्ड कन्स्ट्रक्सन) मोडलमा फ्लाइओभर निर्माण गर्ने गरी माघ २०७८ मा आरसी, समानान्तर र रेलिग्रे जेभीसँग १७ करोड ६ लाख ८८ हजारमा ठेक्का सम्झौता गरेको थियो । कम्पनीले २०७९ पुस २३ गतेबाट निर्माण कार्य सुरु गरेको थियो । तर निर्माण सुरु गर्नासाथ डिजाइनमा समस्या देखिएपछि माघ २०७९ मा निर्माण कार्यमा अवरोध भएको थियो । त्यसपछि डिजाइन परिमार्जन गरेर निर्माण सुरु गरिएको थियो ।

पटक–पटक थप गरेर दिएको म्याद सकिएपछि कम्पनीले गत १० पुसदेखि आफैँले जरिवाना तिरेर काम गर्दै आएको छ । त्यसमा पनि सातदोबाटोपट्टिको र्‍याम्पमा समस्या देखिएपछि गत पुस–माघमा गरी करिब एक महिना काम रोकियो । त्यसपछि कम्पनीले माघ २३ गतेदेखि पुनः काम सुरु गरेको थियो ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *