रारामा पहिलोपटक पर्यटन महोत्सव हुँदै

राम्रो पालिका संवाददाता 60

हरिकृष्ण ऐडी

मुगु। मुगुको रारामा पहिलोपटक संरक्षण र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले १३ दिने बृहत् रारा पर्यटन महोत्सव हुने भएको छ । मनमोहक राराको दृश्यावलोकन र समग्र कर्णालीको पर्यटन विकासका लागि बृहत् रारा–पर्यटन महोत्सव हुने हरिराधा एच आर मिडिया हाउसका सदृश्य शान्तराम सेन्चुरीले बताउनुभयो । सेन्चुरीका अनुसार राराको संरक्षण र मुगुको कला र संस्कृति विकासको उथान्न गर्न बृहत् रारा महोत्सव गर्न लागिएको हो ।

पर्यटन, धार्मिक सांस्कृतिक तथा प्राकृतिक गन्तव्यको रूपमा रहेको मुगु र रारा क्षेत्रको प्रवर्धनका लागि सरोकारवालासँग सहकार्य गरेर जेठ १८ गते बाट ३१ गते सम्म रारा महोत्सव गर्न लागेको आयोजक समितिका संयोजक नरेश भामले जानकारी दिनुभयो।

कर्णालीको मुगु आफैंमा धार्मिक, संस्कृतिक तथा प्राकृतिक हिसाबले संसारकै पर्यटकीय गन्तव्य रहेकोले यहाँको प्रचार प्रसाचार गर्नलाई एच आर मिडिया हाउसको सहयोगमा र हामी समितिको व्यक्तिगत लगानीमा राराको बाम्नी चौरमा पहिलोपटक बृहत् महोत्सव हुन लागेको भामले बताउनुभयो।

आयोजन समितिका अनुसार राराको बाम्री चौरमा हुनलागेको उक्त महोत्सवमा होटल व्यावसायी गर्नेलाई उक्तअवधिमा प्रति स्टोल ३५ हजार शुल्क रहने छ। त्यसैगरी कपडा र खाद्यान्न व्यापार गर्ने स्टोललाई १३ दिन अवधिमा १६ हजार ५ सय हजार रहने छ। स्थानीय रैथानी वालीको व्यापार गर्नेलाई ३० प्रतिशतले छुट दिने निर्णय भएको भामले बताउनुभयो।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *