स्याङ्जाको आँधीखोला गाउँपालिकामा बुधबार सार्वजनिक बिदा

राम्रो पालिका संवाददाता 39

अर्जुन काफ्ले
स्याङ्जा। स्याङ्जाको आँधीखोला गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ । पालिका अध्यक्ष विश्वनाथ पौडेलले “जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस”का अवसरमा पालिकाले बिदा दिने निर्णय गरेको बताउनुभयो ।

भेदभाव तथा छुवाछुत उन्मूलनमा पालिकाको तर्फबाट पूर्ण प्रतिबद्धता व्यक्त गर्दै पालिकामा बसोवास गर्नुहुने सम्पूर्ण दलित तथा उत्पीडित समुदायको भावनालाई आत्मसाथ गर्दै आँधीखोला गाउँपालिकाको सोही गाउँसभा तथा जेठ १ गतेको कार्यपालिका बैठकले बिदा दिने निर्णय गरेको पौडेलले जानाकारी दिनुभयो ।

यहाँका सम्पूर्ण कार्यालयहरू, सामुदायिक एवम् नीजि शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक) र अन्य सङ्घ संस्थाहरूमा स्थानीय सार्वजनिक बिदा दिएको हो ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *