हुम्लाको सिमकोटमा आज सार्वजनिक बिदा
राजन रावत
हुम्ला । हुम्लाको सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ । जेठ शुक्ल पूर्णिमा (रलिङ पर्व) को अवसर पारी सिमकोट गाउँपालिकाले स्थानीय स्तरमा सार्वजनिक बिदा दिएको हो ।
अध्यक्ष बिजय भण्डारीले सिमकोट गाउँपालिका– २ र ३ मा रहेको रलिङ गुम्बामा बौद्ध तथा हिन्दु धर्मालम्वीहरुको मेला लाग्ने भएको कारण गाउँपालिकाले सार्वजनिक बिदा दिएको बताउनुभयो । यो पर्व जिल्ला कै ठुलो पर्वका रुपमा मानिन्छ छ ।







प्रतिक्रिया (0)