धनगढी उपमहानगरपालिकाले ल्यायो सेफ्टी जम्प एयर ब्याग, आगलागीमा सुरक्षित उद्धार सम्भव

राम्रो पालिका संवाददाता 21

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले आगलागीको अवस्थामा मानिसलाई सुरक्षित अवतरण गराउन सकिने सेफ्टी जम्प एयर ब्याग भित्र्याएको छ।

उपमहानगरपालिका प्रमुख गोपाल हमालका अनुसार, चार–पाँच तल्लाका घरमा आगलागी हुँदा माथिल्लो तल्लामा फसेका व्यक्तिलाई तल सुरक्षित अवतरण गराउन यो एयर ब्याग प्रयोग गरिनेछ। “आपतमा परेकालाई उद्धार गर्न नसकिने अवस्थामा उनीहरुलाई यस ब्यागमा कुद्न प्रेरित गर्नेछौं,” उनले बताए।

धनगढी उपमहानगरपालिकाका अनुसार, एयर ब्याग पम्पले ८ मिनेट ३ सेकेण्डमा पूर्ण फुलिने क्षमता राख्छ। खरिद पश्चात आज उपमहानगरपालिकाको कार्यालयमा यस ब्यागको परीक्षणसमेत गरिएको छ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *