रेसुङ्गामा रोपाइँ जात्राः श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा

राम्रो पालिका संवाददाता 13

रेसुङ्गा । श्रीकृष्ण जन्माष्टमीको अवसरमा नगरपालिकाको सबैभन्दा ठूलो उत्सव रोपाइँ जात्रालाई मनाउन रेसुङ्गा नगरपालिकाले भदौ १ गते सार्वजनिक बिदा दिएको छ।

नगर प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीका अनुसार, उक्त दिन नगरपालिका कार्यालय, वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था र सहकारी संस्थासमेत बन्द रहनेछन्। बिदा स्थानीयको सहज सहभागिता र कार्यक्रमको सफलताका लागि दिइएको हो।

संयुक्त तम्घासस्थान मन्दिर व्यावस्थापन समितिको अगुवाइमा रथयात्रा, लाखे नाच, पञ्चेबाजा र विभिन्न भेषभुषा प्रदर्शन गरिने छ। रथ यात्रामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, र अन्य संघ-संस्थाहरू सहभागी हुनेछन्। तर चिदिचौर खेलमैदान भत्किएको हुँदा नाचगान र रोपाइँको कार्यक्रम व्यवस्थित गर्न चुनौती देखिएको छ।

मन्दिर व्यवस्थापन समितिका सचिव ताराप्रसाद भुसालका अनुसार, नगरले बिदा दिएको भए पनि कर्मचारीको सहभागिता सीमित रहने र उत्सवमा स्थानीयको उपस्थिति कम हुने समस्या छ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *