नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ

राम्रो पालिका 19

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ११ पैसा तय गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ २५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६५ पैसा निर्धारण गरिएको छ। त्यस्तै, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ११ पैसा तोकिएको छ।

युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७५ पैसा कायम गरिएको छ भने युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९२ रुपैयाँ १४ पैसा राखिएको छ।

राष्ट्र बैंकले आवश्यक परेको खण्डमा विनिमय दर जुनसुकै समयमा परिमार्जन गर्न सकिने उल्लेख गरेको छ। साथै, वाणिज्य बैंकहरूले लागू गर्ने दर फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा हेर्न सकिने जानकारी पनि दिइएको छ।

Laxmi sunrise bank

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *