सानिमा रिलायन्सको लाभांश घोषणा
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 82
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ।
कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.१७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कम्पनीको लाभांश प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत र साधारणसभाले पारित गरेपछि वितरण हुनेछ।
यसअघि कम्पनीले १.२४ प्रतिशत बोनस सेयरसहित कुल ९.२४ प्रतिशत नगद लाभांश दिएको थियो।

मंगलबार कम्पनीको सेयर प्रतिकित्ता चार सय एक रूपैयाँमा कारोबार भइरहेको छ।







प्रतिक्रिया (0)