हेटौंडा सडक विस्तारको सुनुवाइ न्यायाधीश श्रेष्ठ र पोखरेलको इजलासमा

राम्रो पालिका 13
Tata box 1

हेटौंडा सडक विस्तार गर्नेविरूद्धको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

रास्वपाकी तत्कालीन सांसद विन्दवासिनी कंसाकरसहितले दायर गरेको रिटमा बुधबार न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ हुने भएको हो।

हेटौंडाको मुख्य बजारको सडक दायाँ बायाँ २५-२५ मिटर सडक विस्तार गर्ने भनिएको थियो।

त्यसअनुसार सडक डिभिजनले भत्काउने सूचना निकालेपछि सांसद कंसाकरसहितले सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै सर्वोच्च पुगेका थिए।

सांसद कंसाकरसहितले दायर गरेको रिटमा डिभिजन सडक कार्यालय हेटौंडा, हेटौंडा उपमहानगर, जिल्ला प्रशासन कार्यालय मकवानपुर, सडक विभाग, सहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विपक्ष बनाएका छन्।

Laxmi bank

प्रारम्भिक सुनुवाइ गर्दै मसिर १९ गते न्यायाधीश मेघराज पोखरेलको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

Ncell

तर उक्त आदेश विपरीत डिभिजन सडकले मंसिर २० गते बिहानैदेखि घर भत्काउन थालिएको थियो। ५३१ घर भत्काएपछि मंसिर २१ गतेदेखि सर्वोच्चको आदेश पाएको बताउँदै घर भत्काउने काम रोकिएको थियो।

पछिल्लो समय मंसिर २६ गते अन्य आदेश अर्थात सम्बन्धित मिसिल झिकाउने आदेश गरेको थियो। त्यसपछि आजका लागि छलफलमा बोलाइएको हो। 

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *