आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

राम्रो पालिका संवाददाता 71

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।

बिहान ११ बजे अर्थ समितिको बैठक बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बोलाइएको छ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा पानीजहाज कार्यालय समृद्ध पदाधिकारीसँग छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *