भएका सडक धमाधम पिच, रुपा गाउँपालिकाले नयाँ सडक नखन्ने !

राम्रो पालिका 275

पोखरा, संघीयतापछि रुपा गाउँपालिकामा जनप्रतिनिधि आएपछि सडकको स्तरोन्नति र मुख्य सडक धमाधम पिच हुन थालेका छन् । १ मिटर पनि पिच नभएको रुपा गाउँपालिकामा स्थानीय सरकारका जनप्रतिनिधि आएपछि २ वर्षमै १३ किलोमिटर सडक पिच भइसकेको छ भने झन्डै ५० किलोमिटर सडक पिच भइरहेका छन् । स्थानीय सरकार बनेपछि अन्य विकाससँगै गाउँगाउँ पक्की सडक पुगिरहेका छन् ।

रुपा गाउँपालिकाले यो आर्थिक वर्षमा नयाँ ट्रयाक नखोल्ने निर्णय गर्दै भइरहेका मुख्य सडक पिच तथा स्तरोन्नति गर्ने नीति नै लिएको छ । रुपामा पक्की रिङरोड निर्माणाधीन छ । बेगनासदेखि लमजुङको भोर्लेटार जोड्न सडक पिच भइरहेको छ । फालभञ्ज्याङ चिसापानी सडक पनि पक्की बनिरहेको छ ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *