कुकुर बिराला दर्ता गरेर मात्र पाल्न काठमाडौँ महानगरको अनुरोध

राम्रो पालिका संवाददाता 55

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले कुकुर बिरालालाई दर्ता गरेर मात्र पाल्न अनुरोध गरेको छ ।

महानगरपालिका क्षेत्रमा कुकुर बिराला चोरी भएको, हराएको तथा छाडा छोडिएको जनगुनासो आइरहेको भन्दै महानगरले आफ्ना कुकुर बिरालोलाई माइक्रोचिप लगाई सम्बन्धित वडा कार्यालयमा दर्ता गराएर मात्र पाल्न अनुरोध गरेको हो ।

काठमाडौँ महानगर क्षेत्रबाट वा क्षेत्रभित्र कुकुर/बिरालो बिक्री वितरण गर्ने व्यक्तिरसंस्थाले अनिवार्य रूपमा माइक्रोचिपिङ गरेर मात्र बिक्री वितरण गराउनसमेत सूचनामार्फत अनुरोध गरिएको छ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *