चीन भूकम्प अपडेटः मृतकको संख्या ५३ पुग्यो, ६२ घाइते
(250107) — XIZANG, Jan. 7, 2025 (Xinhua) — Rescuers work in an earthquake-affected area in Changsuo Township of Dingri in Xigaze, southwest China’s Xizang Autonomous Region, Jan. 7, 2025. Thirty-two people have been confirmed dead and 38 injured during the 6.8-magnitude earthquake that jolted Dingri County in the city of Xigaze in Xizang Autonomous Region at 9:05 a.m. Tuesday (Beijing Time), according to regional disaster relief headquarters. (Xinhua)
काठमाडौँ । चीनमा मंगलवार बिहान गएको भूकम्पमा परी निधन हुनेको संख्या ५३ पुगेको छ ।
साथै, ६२ जना घाइते भएका छन् । मंगलवार बिहान चीनको सिजाङमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
मङ्गलवार (बेइजिङ समय) बिहान ९ बजेर ५ मिनेटमा सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्नीच्युडको भूकम्पमा परी मङ्गलवार दिउँसोसम्म ५३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
यसैबीच, राष्ट्रपति सी जिनपिङले भूकम्पपछि जीवन जोगाउन र क्षतिलाई न्यून गर्न सक्दो उद्धार प्रयास गर्न निर्देशन दिएका छन् । सीले घाइतेहरूको उपचारमा उच्च प्राथमिकता दिन निर्देशन दिदै भनेका छन्, ‘भूकम्पको निगरानी र पूर्वसूचना प्रणालीलाई बलियो बनाउन, आपत्कालीन उद्धार सामग्री तत्काल पठाउन, क्षतिग्रस्त पूर्वाधारको मर्मत कार्य छिटो सम्पन्न गर्न, प्रभावितहरूको आधारभूत आवश्यकता पूरा गर्न र सबैको सुरक्षित तथा न्यानो जाडो सुनिश्चित गर्न आवश्यक छ ।’
भूकम्पको धक्का नेपालसम्म महशुस गरिएको थियो ।








प्रतिक्रिया (0)