बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

प्रदेशप्रमूखले खाली रहेको रातो फाइल क्यामेरामा किन देखाए ?

बागमती प्रदेश सरकार र प्रदेशप्रमूखबिच राम्रो सम्बन्ध नभएको भनेर आएको अनुमानलाई प्रदेशप्रमूखको कार्यालय र मूख्यमन्त्री कार्यालय स्रोतले अस्विकार गरेको छ ।

राम्रो पालिका 342

मकवानपुर — वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न प्रदेश प्रमुखलाई उपलब्ध गराएको रातो फाइल नै खाली भेटिएपछि प्रदेशसभामा केही बेर सभामुख, कर्मचारी, मुख्यमन्त्री र मन्त्री समेत सबै अलमलमा परे । सांसदलाई वितरण गर्नका लागि प्रदेशसभामा ल्याइएको नीति तथा कार्यक्रम मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश प्रमुखलाई उपलब्ध गराएका थिए । मुख्यमन्त्री नै नीति तथा कार्यक्रम खोज्न हिँडेपछि केही समय( करिब १ मिनट) सदनभित्र सांसदहरूबीच मुखामुखको अवस्था सिर्जना भएको थियो । आइतबार दिउँसो २ बजे बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख शर्माले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने सूची रहेको थियो ।

मुख्यमन्त्री जम्कट्टेलसंग जिज्ञासा राख्दा मानवीय कार्यमा गल्ती हुनसक्ने भन्दै सामान्य व्यवस्थापकीय कमजोरीको कारण प्राविधिक त्रुटि भएको जानकारी गराएका थिए ।

के भएको थियो त प्रदेशसभामा ?

प्रदेशसभाको आधिकारिक युट्युब च्यानलमा उपलब्ध भिडियो ( हेनूहोस् लिंक : https://www.youtube.com/watch?v=tsXPjs_9yeY ) अनुसार १०ः२५ मिनटमा मुख्यमन्त्रीले प्रदेशप्रमूखलाई नीति तथा कार्यक्रमको रातो फाइल बुझाएपछि त्यसलाई प्याक गर्न प्रयोग गरिएको डेकोरेटिभ रातो प्लाष्टिक च्यात्न सहयोग गरी १०ः५५ मा रोष्ट्रमबाट आफ्नो कुर्सीमा फर्किएको देखिन्छ । त्यसको ५ सेकेण्डपछि प्रदेशप्रमूखले आसन ग्रहण गरेकै स्थानमा रातो फाइल भित्र नीति तथा कार्यक्रमको कागजात खोज्छन् । उनले सो कागजात नभेटिएपछि प्रदेशसभाको सबै माननीयले देख्ने गरी ११ः०२ देखि ११ः०५ सम्म रित्तो रातो फाइल नै प्रदेशसभातर्फ देखाइदिन्छन् जुन दृश्य क्यमेरामा कैद हुन्छ । त्यसरी देखाएको फाइल रित्तो भएको कुराको संकेत सभामूखले पाएको हुँदैनन् । उने ११ः१० मा प्रदेशप्रमूखलाई बोल्न अनुमती दिने घोषणा गर्दागर्दै ११ः१५ मा रोकिन्छन् र के भयो के भयो भन्दै स्वासको भरमा बोल्छन् । त्यसपछि स्क्रिनमा नेकपा(एस)का संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनाल, नेका नेता इन्द्र बहादुर बानियाँ खासखुस गरेको देखिन्छ । आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा र आन्तरिक मामिला मन्त्री गंगानारायण श्रेष्ठले पनि खासखुस गर्छन् । १२ः०० भित्रै मुख्यमन्त्रीले नीति तथा कार्यक्रमको कागजात प्रदेशप्रमुखलाई उपलब्ध गराउँछन् र सभामूखको अनुरोधअनुसार वाचन शुरु हुन्छ ।

यस प्रसंगमा मूख्यमन्त्री कार्यालयमा जिज्ञासा राख्दा व्यवस्थापकीय त्रुटीलाई स्विकार गरेको देखिन्छ भने प्रदेशप्रमुखको तर्फबाट सो त्रुटीलाई उजागर गर्नुसाटो सभामूख वा संगै उभिएका प्रदेशसभाको सचिवलाई जानकारी गराएर तत्कालै माग गरी वाचन गरेको भए उपयुक्त हुने रहेछ भन्ने स्विकारोक्ती देखिन्छ ।

कतिपय संचारमाध्यममा बागमती प्रदेश सरकार र प्रदेशप्रमूखबिच राम्रो समन्वय नभएको भनेर आएको अनुमानलाई प्रदेशप्रमूखको कार्यालय र मूख्यमन्त्री कार्यालय स्रोतले अस्विकार गरेको छ । स्रोतका अनुसार, प्रदेशसरकारको तर्फबाट मुख्यमन्त्रीले नै प्रदेशप्रमूखसंग सल्लाह र समन्वय गरेर केही विषयहरु परिमार्जन गरिएको र सरकार प्रमूख तथा प्रदेशप्रमूखबिच हार्दिकतापूर्ण सम्बन्ध रहेको छ ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *