म्याग्दीको दुर्गम गाउँ कुइनेको कोसेरा खोलामा स्टिल ट्रस पुल निर्माण

राम्रो पालिका संवाददाता 60
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

ठाकुरप्रसाद आचार्य
म्याग्दी । रघुगङ्गा गाउँपालिकाको दुर्गम गाउँ कुइनेको कोसेरा खोलामा स्टिल ट्रस प्रविधिको पुल निर्माण गरिएको छ । पुल निर्माण भएसँगै बर्खायममा जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

सङ्घीय सरकारको झोलुङ्गे पुल क्षेत्रको ८५ प्रतिशत, रघुगङ्गा गाउँपालिकाको १२ प्रतिशत, स्थानीयको दुई प्रतिशत जनश्रमदान गरी ३३ लाख २४ हजार एक सय ६७ रुपियाँ लागतका साथै मिलन म्याग्दको प्राविधिक सहयोगमा ३२ मिटर लामो पुल निर्माण गरिएको उपभोक्ता समितिका सचिव ईश्वर छन्त्यालले जानकारी दिनुभयो ।

पुल निर्माण भएपछि कुइने गाउँका करिब एक सय धुरीका चार सय ८५ जनसङ्ख्या लाभान्वित भएको उहाँले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले पुल निर्माण भएपछि कुइनेका स्थानीयवासीलाई बर्खायाममा खोला वारपार गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । गाउँपालिकाले दुर्गम भेगलाई प्राथमिकतामा राखेर योजना निर्माण गरेकाले पुल निर्माण सम्भव भएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *