मुद्दाको अन्तिम किनारा नलागेसम्म अब केसीले प्राधिकरणको सञ्चालकका रुपमा काम गर्न पाउने छैनन् ।

विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्यको नियुक्ति : उच्च अदालत पाटनको अन्तरिम आदेश !

राम्रो पालिका 441


केसीको नियुक्तिविरुद्ध कञ्चनपुर जिल्ला, भीमदत्त नगरपालिका वडा नं. १६ बस्ने जनार्दन जोशीले यही पुस १८ गते उच्च अदालत पाटनमा उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने उपयुक्त आज्ञा आदेश वा पुर्जी जारी गरी पाउँ भने रिट हालेका थिए । अदालतका न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले गत पुस १९ गते अन्तरिम आदेश जारी गर्ने सम्बन्धमा विपक्षीलाई समेत झिकाउने आदेश दिएका थिए । आजको इजलासले केसीको नियुक्ति सम्बन्धमा अन्तरिम आदेश जारी गरेको हो ।  यो मुद्दाको अन्तिम किनारा नलागेसम्म अब केसीले प्राधिकरणको सञ्चालकका रुपमा काम गर्न पाउने छैनन् ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *