ताप्लेजुङको फक्ताङलुङले याक पालन गर्नेलाई ७५ प्रतिशत अनुदान दिने

राम्रो पालिका संवाददाता 58

साहारा लिम्बू

फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले याक प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाका पशु पालक कृषकहरूलाई ७५ प्रतिशत अनुदान दिएर याक प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

याक प्रवर्द्धन कार्यक्रममा सहभागी हुन छनौट भएका लाभग्राही कृषकहरूले २५ प्रतिशत लागत साझेदारी गर्नुपर्ने गाउँपालिकाका अध्यक्ष राजन लिम्बू ९मुक्तिले० बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्ष २०८१र८२ मा प्रदेश तथा स्थानीय तहमा सर्सत वित्तीय हस्तान्तरण भएको रकमबाट पशुपक्षी तथा मत्स्य विकास कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि २०८१ अनुसार याक प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

याक प्रवर्द्धन कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक वर्षमा ८ लाख रुपैयाँ बजेट रहेको गाउँपालिकाले जनाएको छ । पछिल्लो समय याक पालक कृषकहरू पलायन हुँदै गएको अवस्थामा उनीहरूको प्रोत्साहनका लागि पालिकाले यस कार्यक्रम सञ्चालन गर्ने भएको अध्यक्ष लिम्बूको भनाई छ ।

यस अधि सिरिजङ्घा गाउँपालिकाले पनि याक प्रवर्द्धनको कार्यक्रम अघि सारेको थियो । आठ गाउँपालिका र एक नगरपालिका रहेको जिल्लामा विषेश गरि फक्ताङ्लुङ गाउँपालिका, सिरिजङ्घा गाउँपालिका र मिक्वाखोला गाउँपालिकामा याक पालक कृषक रहेका छन् । गोरखापत्र अनलाईन

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *