नेपालले आयात नियन्त्रण गर्न खोज्दा निर्यातको मौका गुमाइरहेको छ : सञ्जय कथुरिया

राम्रो पालिका 341

अक्सफोर्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका सञ्जय कथुरिया विश्वबैंकअन्तर्गत व्यापार तथा लगानीसम्बन्धी दक्षिण एसिया क्षेत्रीय एकीकरणका संयोजक तथा प्रमुख अर्थशास्त्रीका रूपमा कार्यरत छन् । विश्वबैंकमा २६ वर्ष बिताएका उनले दक्षिण एसिया, युरोप तथा ल्याटिन अमेरिकी क्षेत्रमा समेत काम गरेका छन् । हालै उनको सम्पादन तथा संयोजनमा दक्षिण एसियाली क्षेत्रको व्यापारसम्बन्धी प्रतिवेदन ‘आधा भरिएको गिलास (अ ग्लास हाफ फुल) प्रकाशित भएको छ । आफैँले सिर्जना गरेको अवरोधका कारण दक्षिण एसियाली मुलुकले ठूलो सम्भावनाका बीच पनि एकआपसमा व्यापार गर्न नसकेको र त्यो यस क्षेत्रको अविकासको प्रमुख कारण रहेको प्रतिवेदनको निष्कर्ष छ । नेपालले अहिले दक्षिण एसियामा जति व्यापार गरिरहेको छ, त्यो चार गुणाभन्दा धेरै बढ्न सक्ने सम्भावनासमेत प्रतिवेदनले उजागर गरेको छ । विश्वबैंकको मुख्यालय वासिङ्टनमा बसेर काम गर्ने कथुरिया हालै काठमाडौं आएका वेला नयाँ पत्रिकाका जनार्दन बरालले नेपालको व्यापार नीतिमा केन्द्रित रहेर गरेको कुराकानीको क्रममा यो कुरा बताएको हुन् ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *