मकवानपुरको बागमती गाउँपालिकाको बजेटमाथिको रिट खारेज

राम्रो पालिका 113

मकवानपुरको बागमती गाउँपालिकाको बजेटमाथिको रिट खारेज

मकवानपुर — मकवानपुरको बागमती गाउँपालिकाले चालू आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको नीति तथा कार्यक्रम र बजेटमाथि परेको रिट खारेज भएको छ। उच्च अदालत पाटन हेटौंडाको संयुक्त इजलासमा न्यायाधीशहरू शान्ति सेढाई सापकोटा र सानू मैया डंगोलको आदेशमा २१ कात्तिकमा उक्त रिट खारेज भएको हो।

यसअघि गत असारमा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानविरुद्ध उत्प्रेषण परमादेश माग गर्दै गाउँपालिकाका उपाध्यक्ष फणीन्द्र तिमल्सिना, बागमती–९ का वडाअध्यक्ष पुनराम घलान, वडा नं. ८ का वडाअध्यक्ष ईन्द्रमणि तिमल्सिना, र वडा नं. ७ का वडाअध्यक्ष उत्तरबहादुर भोलनले अदालतमा रिट दायर गरेका थिए। उनीहरूले गाउँपालिकाको बजेट रोक्न माग गर्दै उक्त रिट दर्ता गराएका थिए, तर अदालतले उक्त मुद्दा खारेज गर्ने आदेश जारी गरेको छ।

यो फैसलाले बागमती गाउँपालिकाको आगामी नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा कुनै अवरोध नरहने जनाइएको छ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *