साहित्यकार अधिकारी विमलाको ‘बुबा’ शोककाव्य काठमाडौँमा लोकार्पण
काठमाडौं । साहित्यकार अधिकारी विमलाको ‘बुबा’ शोककाव्य लोकार्पण भएको छ । झ्याउरे छन्दलय कविता लेखन पुनर्जागरण अभियान र काव्य घर नेपाल मिडिया प्रा.लिको संयुक्त आयोजनामा बिहिवार कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि बरिष्ठ साहित्यकार प्रा.डा.गोविन्दराज भट्टराई र अन्य अतिथिहरुले सामुहिक कृतिको लोकार्पण गर्नु भएको थियो । कार्यक्रममा अतिथिहरु प्रा.डा.अञ्जना अवस्थी भट्टराई, जलेश्वरी श्रेष्ठ, प्रा.डा.रमेश शुभेच्छुक, प्रा.डा.सीता सुवेदी पन्थी र गायक नरहरि प्रेमीको उपस्थिति थियो ।
कार्यक्रममा प्रमुख अतिथिद्धारा व्यानर पढेर उद्घाटन गरिएको उक्त कार्यक्रममा गंगा खतिवडाले स्वागत मन्तव्य गर्दै सम्पूर्णलाई स्वागत गर्नु भएको थियो ।
उक्त कार्यक्रममा स्रष्टा परिचय प्रा.डा.रमेश शुभेच्छुकले गर्नु भएको थियो भने कृतिको समीक्षा प्रा.डा.सीता सुवेदी पन्थीले गर्नु भएको थियो ।
कार्यक्रममा झ्याउरे छन्दलयका सिर्जना बाचन भएका थिए । ललिता दोषी, रश्मि रिमाल,केशवराज पन्त,राममणी ढुङ्गेल,बासुदेव अधिकारी,पी.पी कोइराला आदिले सिर्जना बाचन गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै प्रा.डा.गोविन्दराज भट्टराईले झ्याउरे हाम्रो नेपाली मौलिक मुटुको ढुक्ढुकी भएकाले यसलाई विश्वमा लैजान सबैले योगदान गर्नु पर्नेमा जोडदिनु हुदै महाकवि लक्ष्मीप्रसाद देवकोटाले झ्याउरेलाई उठाउँन गर्नु भएको अभियानको चर्चा गर्नु भयो । उहाँले झ्याउरेलाई मुनामदनमा लिविवद्ध गरेर नेपाली मौलिक लोकसाहित्यमा ठूलो योगदान पुर्याउनु भएको बताउँनु भयो । देवकोटा पछि निक्दै सुस्ताएको हाम्रो मौलिक धरोहर नेपाली मुलको लय झ्याउरेलाई पुनर्जागरण गरेर सबैबीच लोकप्रिय बनाउँन निरन्तर लागेकी अभियन्ता रेणुका भट्टराई ‘मञ्जरी’लाई शुभकामना दिनुुहुदै झ्याउरेलाई विश्वमा पुर्याउँन सबैले सघाउँन पनि अनुरोध गर्नु भयो । साथै उहाँले लोर्कापित कृतिका कृतिकारलाई बधाई तथा शुभकामना दिनु भयो । कार्यक्रममा देवी अधिकारी र कृतिकार अधिकारी बिमलाले मन्तव्य राख्दै सबैलाई धन्यवाद दिनु भयो ।
काव्य घर नेपाल मिडिया प्रा.लिका संस्थापक अध्यक्ष राजकुमार खड्गाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमलाई सहजिकरण झ्याउरे छन्दलय कविता लेखन पुनर्जागरण अभियानकी अभियन्ता तथा काव्य घर नेपालकी अध्यक्ष रेणुका भट्टराईले गर्नु भएको थियो ।
कार्यक्रममा गंगा कर्माचार्य,पेशलकुमार लुइटेल, चेवन बस्नेत ठूलाघरे, पदम दाहाल, कृष्णप्रसाद पौडेल,आल्फि फाक्लुपा,अमर अधिकारी, बलराम विष्ट,कृष्णप्रसाद पौडेल, कमला शाक्य ‘सृष्टि’ गौरी तिमल्सीना, जयराम विडारी, लेखनाथ सिकारु, प्रकाश ढुङ्गाना,प्रतिमा बोहोरा,रुबी सत्याल ,बिनोद अधिकारी,नारायण शर्मा फुयाल लगायत सयौंको बाक्लो उपस्थिति रहेको थियो ।
झ्याउरे छन्दलय कविता लेखन पुनर्जागरण अभियान विगत १० महिना देखि निरन्तर अगाडी बढिरकेको छ । अभियानका विभिन्न श्रृङ्खलाका आयाम चलिरहेको छ । यसै बीचमा स्रष्टाले झ्याउरेलाई मनपराई कृति लेखनमा जुटिरहनु भएको छ । काव्य घर नेपाल मिडियाले कृति प्रकाशन,विमोचन लगायतका अभियानलाई अगाडि बढाइरहेको छ ।







प्रतिक्रिया (0)