आजफेरी सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडाैं | नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला दुई हजार ३०० ले बढेको हो ।
बुधबार प्रतितोला एक लाख ६७ हजार ५०० मा कारोबार भएको सुन आज एक लाख ६९ हजार ८०० कायम भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासंका अनुसार आज चाँदी पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ६५ निर्धारण गरिएको छ ।





प्रतिक्रिया (0)