ओलीको असार १७ र बागमती प्रदेश सरकार !

राम्रो पालिका 344
पूर्व प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओलीले केही समय अगाडि एउटा टेलिभिजन अन्तरवार्तामा “असार १७ गते राजनीतिक समिकरणमा फेरबदल आउने दिन” हुने बताएका थिए । केन्द्रिय गठबन्धनमा नै उथलपुथल ल्याउन सक्ने संयोग चैं बागमती प्रदेशबाट असार १७ कै सेरोफेरोमा सृजना भएको छ । बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनको लागि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले दवाव सृजना गरी हस्ताक्षर समेत संकलन गरेको भन्ने बिषय बाहिर आएसंगै एमाले अध्यक्ष ओलीले आज असार १७ गते नै राजेन्द्र प्रसाद पाण्डेको नेतृत्वमा रहेको बागमती प्रदेश सरकारलाई नेकपा एमालेले निशर्त समर्थन गर्ने घोषणा गरिदिए भने नयाँ प्रकारको अन्तरविरोध सृजना हुने अवस्था बनेको छ । दलका शिर्षस्थ नेताहरु मध्येका एक जना अनुभवी खेलाडीको रुपमा एमाले अध्यक्ष ओलीले बागमती प्रदेशबाटै सत्ता गठबन्धन हल्लाइदिने प्रयत्न गरे भने “ओलीको असार १७” लाई भविष्यवाणी गर्नेहरुले विभिन्न प्रकारले स्मरण गर्नेछन् ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *