गढिमाइ नगरपालिकाको संग्रामपुर वडा कार्यालय भवन सिलान्यास

राम्रो पालिका संवाददाता 58

प्रवीण कुमार शर्मा
रौतहट । रौतहटको गढिमाइ नगरपालिका वडा नं. ४ संग्रामपुरको वडा कार्यालय भवनको सिलान्यास गरिएको छ । साविक गाविसको कार्यालय हुँदा निर्माण भएको भवन जीर्ण भएपछि वडा कार्यालयको आफ्नै भवन निर्माण हुन लागेको वडा अध्यक्ष चुल्हाई रायले जानकारी दिनुभयो ।

नयाँ बन्न लागेको भवनको एक औपचारिक कार्यक्रमबिच आइतबार रौतहट क्षेत्र नम्बर १(ख) का प्रदेश सांसद एवम् नेपालि कांग्रेस मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले सिलान्यास गर्नुभयो हो । त्यस अवसरमा सभापति यादवले स्थानिय आवश्यकता अनुसार विकास निर्माण आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

उपभोक्ता समितिलाई गुणस्तरीयसहित समयमै वडा कार्यालय भवन निर्माण गर्न आग्रह गर्दै नयाँ भवन निर्माण सम्पन्न भएसँगै सम्पूर्ण वडावासीले सहज रूपमा सेवा लिन पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

मधेश प्रदेश सरकारको ४० लाख बजेट रहेको वडा कार्यालय भवन यसै आर्थिक वर्ष भित्र निर्माण सम्पन्न हुने गढिमाइ नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद यादवले बताउनु भयो ।

वडा कार्यालयको भवन जिर्ण भए पछि सोहि वडामा रहेको धर्मशालाबाट वडा कार्यालय सञ्चालन गर्नु परेको नगर प्रमुख यादवले बताउनुभयो ।गोरखापत्र अनलाईन

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *