गृहमन्त्री र आईजीपीमाथि छानबिन गरियोस् :प्रकाश ज्वाला

राम्रो पालिका संवाददाता 82

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरमाथि छानबिन हुनुपर्ने माग गरेको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा एसका सांसद प्रकाश ज्वालाले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियारको विषयमा उनीहरूमाथि छानबिन हुनुपर्ने बताएका हुन् ।

सांसद ज्वालाले गृहमन्त्री लेखक र आईजीपी कुँवरमाथि छानबिन हुनुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने माग राखे । उनले भने, ‘सत्यन्द्र राम र नेहा रौनियारको विवाहलाई सर्वोच्चले वैद्यता दिएको छ । तर, उक्त दम्पतीलाई मुम्बईबाट समेत पक्राउ गरेर ल्याएर यातना दिनका लागि अत्याचार गर्नका लागि निर्देशन दिने गृहमन्त्री, आईजीपी लगायतलाई छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गरियोस् भन्ने माग गर्दछु ।’

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *