गोरखा र तनहुँका किसानलाई सात दिने कृषि तालिम

राम्रो पालिका संवाददाता 89

गोरखा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कार्यान्वयन एकाइ गोरखाले सुन्तला जातको फलफूलको बगैंचा व्यवस्थापन सम्बन्धी सुन्तला खेती गर्ने किसानलाई तालिम दिएको छ । गोरखा र तनुहँको किसानका लागि गोरखा सदरमुकाममा एक हप्ते सुन्तला जात फलफूलको बगैंचा समबन्धी सुन्तला खेती गर्ने किसानलाई तालिम दिइएको कार्यालयका सूचना अधिकारी रबिन्द्र पौडेलले जानकारी दिनुभयो ।

“माघ ११ गतेबाट सञ्चालन भएको तालिममा गोरखा र तनुहँका २१ जना सुन्तला किसानको सहभागितमा तालिम सम्पन्न भएको छ”, सूचना अधिकारी पौडेलले भन्नुभयो, “सुन्तला खेती गर्ने किसानलाई आवश्यक पर्ने सुन्तलाको बिरुवा काँटछाट, सिँचाइ मलखाद, व्यवस्थापन तथा रोग किरा व्यवस्थापन तथा नियन्त्रण गरिने विषयमा तालिम दिइएको हो ।

गोरखाको सुन्तला उत्पादन हुने पालिकाहरूमा पालुङटार नगरपालिका, आरुघाट गाउँपालिका, अजिरकोटगाउँपालिका, सिराचनोक गाउँपालिका, गण्डकी गाउँपालिका, सहिद लखन गाउँपालिका र भिमसेन थापा गाउँपालिका रहेका छन् भने तनुहँको बन्दीपुर र देवघाट गाउँपालिकाका सुन्तला किसानहरू तालिममा सहभागी भएका परियोजनाले जानकारी दिएको छ ।

एक हप्ते तालिममा बगैंचा भएका किसानहरूलाई व्यवस्थापन र नभएका किसानहरूलाई बगैँचा निर्माण सम्बन्धी आवश्यक तालिमले दुई जिल्लामा सुन्तला उत्पादनमा वृद्धि हुनुका साथै एक हप्ते तालिमले हौसाला प्रदान गरेको सुन्तला किसान दिपेन्द्र बुढाथोकीको भनाइ छ ।

तालिममा नयाँ किसानहरूका लागि सुन्तला उत्पादन पछिको बजारीकरणको बारेमा पनि प्रशिक्षण गराइएको बताइएको छ । तालिमको अन्तिम दिन बिहीबार तालिममा सहभागी २१ जना सुन्तला किसानलाई प्रयोगत्माक विधिमार्फत् बिरुवा काटछाँट, छापो राख्ने तथा बिरुवामा लागेको रोग र किराको पहिचान गरी विषाधी साथै भिटामिन प्रयोग गरिएको गोरखा नगरपालिका–९ भट्टबेशीका सुन्तला किसान दिपबहादुर आलेले बताउनुभयो । गोरखापत्र

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *