बाग्लुङका सामुदायिक वनमा लागेको डढेलोका कारण सय बढि भेडीगोठ जोखिममा
ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिका–६ सिंवाद्वार क्षेत्रमा लागेको आगो अझै निभाउन सकिएको छैन।
सिंवाद्वार, सीप, तिग्रापानी, कोस्काँ, सुन क्षेत्रका सामुदायिक वनमा आगो लागेको हो। आगलागीका कारण उक्त क्षेत्रमा रहेका एक सयभन्दा बढी भेडीगोठ जोखिममा परेका छन् ।
शुक्रबार दिउँसो २ बजेदेखि लागेको आगो निभाउन अझै नसकिएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताए।
अध्यक्ष मगरले भने, ‘आगलागी भएको क्षेत्र निसीखोलाका किसानहरूले भेडा चरनका रूपमा प्रयोग गर्ने ठाउँ हो, त्यहाँ एक सयभन्दा बढी गोठ र हजारौँ भेडाबाख्रा छन्। ती सबै आगलागीको जोखिममा छन्।’ आगलागीको कारण अझै पत्ता लागेको छैन।
आगो निभाउनका लागि स्थानीय र निसी प्रहरी चौकीबाट टोली खटिएको छ।







प्रतिक्रिया (0)