संघीय सरकारमा अब १७ वटा मात्र मन्त्रालय रहने, ५ वटा कटौती
काठमाडौँ । संघीय सरकारले मन्त्रालयको संख्यामा उल्लेख्य कटौती गर्दै अब १७ वटा मात्र मन्त्रालय कायम गर्ने निर्णय गरेको छ ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २२ वटा मन्त्रालय रहेकोमा सरकारले कार्यविभाजन नियमावलीमार्फत मन्त्रालयको संख्या घटाएको हो । प्रशासनिक खर्च घटाउने र कार्यसम्पादनलाई छरितो बनाउने लक्ष्यसहित सरकारले यो नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
लामो समयदेखि प्रशासनिक विज्ञ र सार्वजनिक खर्च पुनरावलोकन आयोगहरूले नेपालको संघीय संरचनामा मन्त्रालयको संख्या धेरै भएको भन्दै यसलाई घटाउन सुझाव दिँदै आएका थिए । सरकारले कार्यविभाजन नियमावलीमा संशोधन गर्दै केही मन्त्रालयहरूलाई एकआपसमा गाभेर कार्यक्षेत्रलाई एकीकृत गरेको छ ।
यस कदमले सरकारी संयन्त्रमा हुने दोहोरोपना अन्त्य गर्ने र निर्णय प्रक्रियालाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ ।मन्त्रालयको संख्या कटौतीसँगै अब कर्मचारी व्यवस्थापन र विभागीय संरचनाहरूमा पनि फेरबदल हुने देखिएको छ ।
सरकारले राज्यकोषमा पर्ने आर्थिक भार कम गर्न र सुशासनलाई प्राथमिकता दिन यो बोल्ड निर्णय लिएको बताइएको छ । १७ वटा मन्त्रालयको नयाँ स्वरूप र तिनीहरूको कार्यक्षेत्रको विस्तृत विवरण सरकारले राजपत्रमा प्रकाशित गरेसँगै थप प्रस्ट हुनेछ ।







प्रतिक्रिया (0)