बुटवलमा राष्ट्रिय परिचयपत्र वडाबाटै

बुटवल । सेवाग्राहीलाई सहज रूपमा सुविधा पुर्‍याउने उद्देश्यले बुटवलका विभिन्न वडाबाट राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । राष्ट्रिय परिचयपत्रका लागि फाराम भरेर फोटो खिचाएका सेवाग्राहीले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरे […]

छ लेन सडकले चिटिक्क भरतपुर

शालिग्राम नेपाल चितवन । चार वर्ष लगाएर भरतपुरमा छ लेनको छ किलोमिटर सडक निर्माण पूरा भएको छ । विसं २०७७ असोज २६ गते ठेक्का सम्झौता भएको नारायणगढको पुलचोकदेखि पूर्वतर्फ गोन्द्राङसम्मको […]

पानीको परम्परागत स्रोतको पुनरुत्थान गर्न महानगरप्रमुख बालेन्द्र शाहको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पानीको परम्परागत स्रोतको पुनरुत्थानका लागि सरोकार भएका निकायलाई निर्देशन दिनुभएको छ । आज पुरातात्विक महत्वको भैरव हिटी उत्खनन कार्यको अनुगमन गर्दै उहाँले पानीको […]

गण्डकी र लुम्बिनी प्रदेश जोड्ने पक्की पुल सम्पन्न

तनहुँ। गण्डकी र लुम्बिनी प्रदेश जोड्न तनहुँको घिरिङ गाउँपालिका–१ कालीगण्डकी नदीमाथि निर्माण गरिएको पक्की पुलबाट यातायातका साधन सञ्चालन हुन थालेका छन् । पुल निर्माण भएर उद्घाटन नभए पनि यहाँबाट यातायातका […]

अछामका आगलागी पीडितलाई सुदूरपश्चिम सरकारले तत्काल पचास लाख दिने

अत्तरिया । अछामको बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मङ्गलबार बेलुकी भएको आगलागी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल आर्थिक सहयोग गर्ने भएको छ । बुधबार बिहान बसेको प्रदेश विपत् जोखिम न्यूनीकरण तथा […]

आठ महिनामा भित्रियो साढे दस खर्ब रुपियाँ रेमिट्यान्स

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनामा १० खर्ब ५१ अर्ब ७७ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले बुधबार सार्वजनिक गरेको […]

जयगढका अग्निपीडितलाई मङ्गलसेनका नगर प्रमुखले एक महिनाको सेवासुविधा दिने

शिवराज ढुंगानाअछाम । मङ्गलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले जयगढका अग्निपीडितलाई एक महिनाको सेवासुविधा प्रदान गर्ने घोषणा गर्नुभएको छ । छिमेकी बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्रमा बुधबार राति भएको आगलागीबाट आफू स्तब्ध […]

बालमैत्री बन्दै सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका

सन्तोष राउतसोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका दुई वर्षभित्र बालमैत्री स्थानीय तह घोषणा हुने भएको छ । त्यसका लागि कोशी प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा बालमैत्री स्थानीय शासन, अपाङ्गता र […]

सुनसरीको देवानगञ्जका सुकुम्वासीलाई धनीपुर्जा

जयकृष्ण यादव इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नाराका साथ ६ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाण–पत्र (लाल पुर्जा) वितरण गरेको छ । दोस्रो […]

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा सार्वजनिक बिदामा पनि सेवा प्रवाह हुने

चन्द्र पन्दाकताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ । बिहीबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले आउँदो वैशाख १ गतेदेखि सार्वजनिक […]