नासोँ गाउँपालिकामा पाँच श्ययाको अस्पताल भवन शिलान्यास

राम्रो पालिका 0

काठमाडौं । यस मनाङ जिल्लाको नासोँ गाउँपालिका–५ थोँचेमा भारत सरकारको आर्थिक सहयोगमा पाँच श्ययाको नयाँ अस्पताल भवन निर्माण कार्य अघि बढेको छ ।

यसै हप्ता थोँचेमा आयोजित एक संक्षिप्त विशेष कार्यक्रमका बीच अस्पताल भवनको विधिवत् शिलान्यास समेत सम्पन्न भइसकेको छ ।

यस क्षेत्रको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण मानिएको उक्त भवनको काठमाडौँस्थित भारतीय दूतावासका उपप्रमुख राकेश पाण्डे र नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो । यस अवसरमा स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

यस आयोजनाका लागि कुल ६ करोड ६७ लाख ९६ हजार ९३३ विनियोजन गरिएको जानकारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनुप पौडेलले दिनुभएको छ । यस भवन निर्माणमा लाग्ने कुल लागतको पाँच प्रतिशत रकम भने पालिका आफैँले बेहोर्ने छ ।

यस नयाँ बन्ने आधुनिक भवनभित्र बहिरङ्ग विभाग, प्रयोगशाला, फार्मेसी र एक्स–रे विभाग लगायतका आवश्यक स्वास्थ्य सुविधाहरू समेटिने छन् । यस्ता सुविधाहरू थपिएपछि विकट क्षेत्रका स्थानीय नागरिकले गाउँमै भरपर्दो उपचार पाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *